काेराेना संक्रमित ३५ सय १७ जना थप

-



     सफल आवाज    
     कार्तिक १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ कात्तिक। नेपालमा थप ३५ सय १७ जना काेराेना संक्रमित थपिएका छन्। याे सहित कुल संक्रमितकाे संख्या १ लाख ६८ हजार २३५ पुगेकाे छ। ती मध्ये सक्रिय संक्रमितकाे संख्या ३८ हजार ३५७ छ।

शुक्रबार मात्र ४ हजार ९६ जना निकाे भए। निकाे हुनेकाे कुल संख्या १ लाख २८ हजार ९५८ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएकाे २४ घण्टामा १४ हजार ९८९ पिसिआर टेष्ट गरिएको हाे ।

काठमाडौं उपत्यकामा मात्र १८ सय ८८ जना संक्रमित थपिए । तीमध्ये काठमाडौ जिल्लाका मात्र १ हजार ५ सय ८, भक्तपुरमा १ सय ३१ र ललितपुरमा २ सय ४९ जना संक्रमित हुन्।

यस्तै गएकाे २४ घण्टामा १६ जनाकाे मृत्यु भयाे । याे सहित मृत्यु हुनेकाे संख्या ९ सय २० पुगेकाे छ।