पोखराकाे आरोग्यम हेयर केयरमा कपाल प्रत्याराेपण सेवा शुरू

-



     सफल आवाज    
     माघ ११ गते २०७९ मा प्रकाशित



पाेखरा, ११ माघ । पाेखराकाे इन्द्रमार्गमा रहेकाे आरोग्यम हेयर केयर सेन्टरले कपाल झरेको स्थानमा नयाँ कपाल रोप्ने अत्याधुनिक प्रबिधि सहितकाे प्रत्याराेपण सेवा शुरु गरेको छ । काठमाडाैंबाट डा. कमलराज धिताल सहितको विज्ञ टोलिले मंगलबारबाट पोखराकाे आरोग्यममा याे सेवा शुरु गरेको हो ।

काठमाडौमा विगत ३ बर्षदेखि निरन्तर यो सेवा प्रदान गरिरहेको र अब पाेखरामा समेत सेवा विस्तार गरिएको आरोग्यम हेयर केयर सेन्टरका प्रबन्ध निर्देशक डा. विण्णु चापागाइले जानकारी दिएका छन । पाेखराका ग्राहकलाइ काठमाडाैंकाे भन्दा निकै सहुलियतमा कपाल प्रत्याराेपण गरिने बताइएकाे छ ।

कपाल झरेर चिन्तित भएका, कपालकाे समस्या भएका गण्डकी क्षेत्रका व्यक्तिहरुलाइ लक्षित गरि पोखराबाट नै सेवा दिन थालिएकाे डा चापागाइले बताएका छन । अब कपालका कुनै पनि समस्या तथा उपचार र रोप्नको लागि काठमाडाै जान नपर्ने गरि व्यवस्था गरिएको उनले बताए ।

कपाल रोप्ने प्रविधि अत्यन्त भरपर्दो र सफल भएकोले ढुक्क भएर कपालको उपचार गर्न तथा व्यक्तिगत सुन्दरतालाइ जोगाइराख्न चापागाईले अनुरोध गरेका छन । आरोग्यम हेयर केयर सेन्टरकाे कपाल प्रत्याराेपण प्रविधि भरपर्दो तथा सुलभ रहेकाे बताइएकाे छ ।

कपाल प्रत्याराेपण सेवा सुरू गरेसंगै हिजाे र अाज ४२ जनाले यस सेन्टरकाे अवलाेकन गरि सम्पुर्ण जानकारी लिएकाे र ४ जनाले कपाल राेपेर सेवा लिएकाे प्रबन्ध निर्देशक डा. विण्णु चापागाइले बताए ।