
काठमाडौं, १२ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो ६३औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले म्याग्दीकाे बेनी नगरपालिका वडा नं ४, तातोपानीमा साे एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएकाे हाे ।
सेवाग्राहीकाे चाप बढेपछि बैंकले एक्सटेन्सन काउन्ट थपकाे हाे । साथै बैंकले सेवालाई बिस्तार गर्दै जाने लक्षय र आवश्यकता अनुसार बेनी शाखा कार्यालयकाे मातहतमा हुनेगरी ६३औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बताएकाे छ ।
बैंकका अनुसार साे एक्सटेन्सन काउन्टरबाट निक्षेपकाे सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने लगायत सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंककाे देशका ७७ वटा जिल्लामा शाखा सञ्जाल रहेका छन् ।
बैंकले ३६५ शाखा, ३६९ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



