
जेरुसेलम, १४ माघ । पूर्वी जेरुसेलममा प्रार्थनासभाका लागि भेलाभएका श्रद्धालुमाथि बन्दुकधारी एक प्यालेष्टिनीले शुक्रबार सात जनाको हत्या गरेपछि प्रहरीले आक्रमणकारीका परिवारका सदस्यसहित ४२ जनालाई शनिबार पक्राउ गरेको छ ।
आक्रमणमा उनीहरू संलग्न रहेको आशङ्का सोधपुछका लागि पक्राउ गरिएको इजरायली प्रहरी आज एक विज्ञप्ति निकालेर जनाएको छ । विज्ञप्तिमा पक्राउ परेकाहरूका सम्बन्धमा विस्तृत विवरण नदिए पनि उनीहरू पूर्वी जेरुसेलमको समीप प्यालेष्टाइनका बासिन्दा भएका जनाइएको छ ।
प्यालेष्टिनी लडाकु समूहले आक्रमणको प्रशंसा गरे पनि त्यसको जिम्मेवारी लिएको छैन । उक्त समूहले पश्चिम किनारा र गाजापट्टीमा मिठाइ बाँडेर खुशीयाली मनाएको थियो । पश्चिम किनारामा इजरायलले गरेको सुरक्षा कारबाहीमा नौ जना प्यालेष्टिनी मारिएको अर्को दिन उक्त आक्रमण भएको हो । इजरायलले उक्त आक्रमणलाई आतङ्वादी हमला भनेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




