टर्कीमा ७ रेक्टरको भूकम्प, कयौं घर भत्किए

-



     सफल आवाज    
     कार्तिक १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ कात्तिक । टर्कीमा ७ रेक्टरको भूकम्प गएको छ । टर्कीको पश्चिमी ग्रीससंग सीमा जोडिएको क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्पबाट दर्जनाै घरहरु भत्किएका छन् । अहिले सम्म ६ जनाको ज्यान गएको छ भने सयाैं मानिस घाईते भएका छन् । थप मानविय तथा भाैतिक क्षेतीको आशंका गरिए पनि पूर्ण विवरण भने बाहिर नआएको अधिकारीहरुले बताएका छन् ।

अन्तराष्ट्रिय संचार माध्यमले भूकम्पबाट टर्की, एथेन्स र ग्रीस प्रभावित भएका जनाएका छन् । ग्रीसको नियोन लगायतका शहरमा पनि भौतिक क्षति भएको छ । टर्कीको सरकारी श्रोतले ६.६ रेक्टर स्केलको भूकम्प गएको बताए पनि अमेरिकी भौगर्भिक सर्वेक्षण् केन्द्रले ७ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।