सवा २१ अर्बको ट्रेजरी बिल आज बोलकबोल गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     माघ १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ माघ । नेपाल राष्ट्र बैंकले आज सोमबार २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएकाे छ । बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएकाे हो। बैंकले ती बिलहरु माघ १७ गते जारी गर्नेछ । 

बैंकले २८ दिने ट्रेजरी बिलको लागि ५ अर्ब रुपैयाँ बराबरकाे ट्रेजरी बिल जारी गर्ने भएकाे छ । ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ बराबरकाे रहेकाे छ । यस्तै बैंकले १८२ दिनका लागि ५ अर्ब रुपैयाँ तथा ३६४ दिनका लागि ६ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएकाे छ ।

राष्ट्र बैंकले जारी गर्ने यी ट्रेजरी बिल फागुन १६ गते, २०८० वैशाख १९ गते, २०८० साउन १६ गते र २०८० माघ १६ गते परिपक्व हुने भएका छन्। 

सबै ट्रेजरी बिलका लागि साेमबार अपरान्ह ३ बजे अनलाइनमार्फत बोलकबोल हुने भएकाे छ। यसमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारणले सहभागीता जनाउन सक्ने बैंकले जनाएकाे छ । 

बैंकले बोलकबोलमा सहभागि हुनेहरुमध्ये सबैभन्दा धेरै मूल्य राख्ने बैंक, वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारणहरु क्रम अनुसार प्राथमिकतामा रहने र साेहि अनुसार ट्रेजरी बिलको बाँडफाँड हुने जनाइएकाे छ ।

ट्रेजरी बिल भनेको के हो ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।