
तेहरान,१६ माघ । इरान र साउदी अरेबियाले आफ्नो द्धिपक्षीय सम्बन्ध सुधारका लागि छिट्टै नै वार्ता गर्ने भएका छन् । सो जानकारी इरानका विदेशमन्त्रीले दिए ।
इरानका विदेशमन्त्री हुसेन अमिर–अब्दोल्लाहीनले दुई देशबीचमा आगामी केही समयमा नै वार्ताको तयारी भएको जानकारी दिएको इरानी समाचार समिति इर्नाले सोमबार जनाएको छ । उनले इरानको राजधानी तेहरानमा आइतबार आफ्ना कतारका समकक्षीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा सो कुराको जानकारी दिएको इर्ना समाचार समितिको समाचारमा जनाइएको छ ।
दुई देशका बीचमा केही असहज हुन पुगेको सम्बन्धलाई सहज बनाउने गरी सो वार्ता हुन लागेको उनले जानकारी दिए । हाल इरानको भ्रमणमा रहनुभएका कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल्लारहमान अल थानी र इरानका विदेशमन्त्रीका बीचमा आइतबार तेहरानमा द्धिपक्षीय वार्ता भएको थियो । सो वार्तापछि आइतबार नै राजधानी तेहरानमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
सो पत्रकार सम्मेलनमा इरानका विदेशमन्त्री अब्दोल्लाहिनले इरानले आफ्ना छिमेकी देशहरु संयुक्त अरब इमिरेट्स र कुवेतसँगको सम्बन्धमा सुधार ल्याएको र ती देशमा इरानले राजदूत पनि पठाइसकेको भन्दै अब साउदी अरबसँग पनि आपसी वार्ता हुने र सम्बन्धमा सहजीकरण आउने जानकारी दिए।
सन् २०१६ मा इरानमा रहेको साउदी अरेबियाको कूटनीतिक नियोगमा आक्रमण भएपछि साउदी अरेबियाले इरानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेको थियो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




