
काठमाडौं, १७ माघ । एशियन हाइड्रोपावरले माघ २७ गतेदेखि सर्वसाधारणका लागि सेयर आइपीओ निश्काशन गर्ने भएकाे छ । कम्पनीका अनुसार ६ लाख ९७ हजार २ सय कित्ता सेयर बिक्रीमा ल्याउन लागिएकाे हाे ।
सर्वसाधारणका लागि कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुने ८ लाख ४० हजार कित्ता सेयर छुट्याएको हाे । यसबाट १० प्रतिशतले हुने ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि निष्काशन भइसकेकाे छ । ४२ हजार कित्ता सामुहिक लगानी कोषका लागि रहेकाे छ । १६ हजार ८ सय कित्ता सेयर कर्मचारीका लागि रहेकाे।
सेयरमा लगानी गर्न चाहने सर्वसाधारण लगानीकर्ताले ६ लाख ९७ हजार २ सय कित्ता सेयरमा आवेदन दिन पाउनेछन् । यसका लागि फागुन २ गतेसम्म आवेदन दिन पाइनेछ । ताेकिएकाे मितिसम्म पूर्ण आवेदन नपरेकाे खण्डमा फागुन १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
सेयरमा घटीमा १० कित्ता र बढीमा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सीआस्वा लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट आवेदन पेश गर्न सक्नेछन् ।
केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । याे भनेकाे कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत हाे ।
सेयरकाे बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडले गरेको छ ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



