
काठमाडौं, १७ माघ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा घटेको छ । कम्पनीले हालै सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । उक्त विवरण अनुसार कम्पनीङ्को खुद ब्याज आम्दानी र खुद नाफा दुवै घटेको छ ।
समीक्षा अवधिसम्म संस्थाले लघुवित्तले १४ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो आँकडा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.८५ प्रतिशतले कम हो । उक्त अवधिमा कम्पनीले ३९ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद नाफा घट्नुको मुख्य कारण खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी लगायतका आम्दानी घट्नुलाई लिइएको छ । यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३४.८६ प्रतिशत तथा खुद फि तथा कमिशन आम्दानी ६९.३६ प्रतिशतले घटेको पाइएको छ । सोही अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ४०.६७ प्रतिशतले र सञ्चालन मुनाफा ६१.८९ प्रतिशत घटेको विवरणले देखाएको छ ।
नाफामात्र नभइ यो अवधिमा लघुवित्तको प्रति सेयर आम्दानी अर्थात् ईपीएस पनि २७ रुपैयाँ ७० पैसा घटेर १७ रुपैयाँ १७ पैसामा सीमित भएको छ । समीक्षा अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात अर्थात् पीई रेशियो ४७.६४ गुणा र प्रति सेयर नेटवर्थ १५५ रुपैयाँ ५२ पैसा रहेको पाइएको छ ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



