
काठमाडौं, १९ माघ । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविन बस्नेतसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत माघ ११ गते बैंकिङ कसूरमा पक्राउ पुर्जी जारी भएका सीईओ बस्नेतलाई बैंकले माघ १६ गते जिम्मेवारीबाट हटाएको थियो । बैंकको दमकस्थित शाखामा कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रकाऊ पर्नेमा बैंकका सीइओ प्रवीन बस्नेत, हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । सीइओ बस्नेतसहित ४ जनामाथि करिब ३२ करोड रुपैयाँ कर्जा अपचलन गरेकाे आरोपमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राऊ परेका ४ जनामध्ये सीईओ बस्नेतबाहेक अन्य तीन जना कर्मचारी, भ्यालुएटर (सम्पत्ति मूल्यांकनकर्ता) र ऋणी रहेकाे बताइएको छ ।

केही समय अघि वाणिज्य बैंकहरुको नियामक संस्था नेपाल राष्ट्र बैंकले ऋण अपचलन भएको भन्दै थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्र पठाएको थियो । सोही पत्रको आधारमा झापाकाे इलाका प्रहरी कार्यालय दमकले बस्नेतसहितका अन्य तीनलाई गत माघ ११ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
यो मुद्दामा विशेष गरी ऋणीले बैंकबाट ऋण दिँदा थोरै धितो राखेको भनिएकोमा अनुसन्धान गर्दा धितो भए-नभएको यकिन नभएका कारण प्रहरीले अनुसन्धान अघि बढाएको थियो । ऋणीले आफ्नो जग्गा र व्यवसाय नै धितोको रूपमा राखेका बताउँदै आएका थिए ।
अनुसन्धानका क्रममा बैंकले कर्जा लगानी गर्दा केही फाइलहरूमा मूल्यांकनभन्दा बढी प्रवाह गरेको पाइएको थियो । यसपछि बैंकको सञ्चालक समितिले छानबिन गर्दा यसो हुनुमा कर्मचारीले ऋणीसँग नै मिलेर गलत मूल्यांकन गरेको ठहर गरिएको थियो । सोही आधारमा संस्थाको हित विपरीत गई हानी पुर्याएको भन्दै सीईओ बस्नेतसहित चारै जनाविरुद्ध किटानी जाहेरी दिइएको थियो ।
सञ्चालक समितिको अध्ययनमा पहिलोपटक ३१ करोड रुपैयाँ ऋण प्रवाह भएको र धितोमा राखिएको भनिएको जग्गा-व्यवसाय अधिकतम् रकममा लिलामी गर्दा पनि ऋण नउठ्ने पाइएको थियो । ऋणीले हाल १४ करोड ऋण तिर्न बाँकी रहेको पाइएको छ । धितो कम राखेर ऋण प्रवाह गरेकाेले बैंकलाई ४ देखि ५ करोडसम्म घाटा हुने बैंक ब्यबस्थापनकाे अनुमान छ ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



