
काठमाडौँ । एलन मस्कको कम्पनी स्पेसएक्सले आफ्नो स्याटेलाइट मार्फत् सञ्चालन हुने स्टारलिङ्क इन्टरनेट सेवा नेपालमा पनि विस्तार गर्ने भएको छ । कम्पनीले आफ्नो वेबसाइटमा विभिन्न देशमा स्टारलिङ्क इन्टरनेट सेवाको अद्यावधिक अवस्थाका बारेमा जानकारी राखेको छ जसमा नेपालमा २०२३ देखि स्याटेलाइट इन्टरनेट सेवा सुरु हुने उल्लेख गरिएको छ ।
कम्पनीले हालसम्म विश्वका ४७ भन्दा बढी देशमा स्टारलिङ्कको सेवा उपलब्ध गराइसकेको छ । यसबाहेक नेपाल लगायत थुप्रै देशमा यही वर्षदेखि सेवा शुरु गर्ने र अन्य केही देशमा प्रस्ताव गरिसकिएको र नियमनकारी अनुमोदन प्राप्त गर्न बाँकी रहेको वेबसाइटमा उल्लेख गरेको छ ।
कुनै विदेशी सेवा प्रदायकले यस प्रकारका सेवा प्रदान गर्न चाहेमा सम्बन्धित देशको कानुन अनुसार औपचारिक इजाजत लिनु पर्ने हुन्छ । नेपालमा दूरसञ्चारसम्बन्धी सेवाहरुका लागि नियमनकारी संस्था नेपाल दूरसञ्चार प्राधिकरण रहेको छ । स्टारलिंकले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्ने योजना बनाए पनि औपचारिक रुपमा नियामक संस्था प्राधिकरणसँग अनुमतिपत्रका लागि आवेदन दिइ नसकेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार यसप्रकारको सेवाका बारेमा आधिकारिक प्रस्ताव आइसकेको छैन ।
अध्यक्ष पुरुषोत्तम खनालका अनुसार अनौपचरिक कुराआएको र नेपालको नियम कानुनका बारेमा जानकारी गराइएको छ । प्रचलित ऐन कानुनको परिधिमा बसेर काम गर्ने मनशाय हुँदा स्टारलिङ्क इन्टरनेट नेपालमा आउन सक्ने उनको भनाइ छ ।
प्राधिकरणका अनुसार औपचारिक प्रस्ताव आएपछि प्राविधिक सम्भाव्यता अध्ययन गरिनेछ । यदि स्टारलिङ्कले प्राधिकरणबाट सञ्चालन अनुमति लिन नचाहेर कुनै विद्यमान इन्टरनेट सेवाप्रदायक वा स्थानीय बिक्रेतासँग मिलेर सेवा सञ्चालन गर्न चाहेमा स्वीकृति लिएर गर्न सकिने प्रावधान रहेको छ ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



