
सिन्धुपाल्चोक, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा क्षेत्रमा ठिक ढङ्गले लगानी गरे मात्रै विकास र समृद्धिको जग बसाल्न सकिने बताएका छन् । आज शुक्रबार सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ मा रहेको चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवन उदघाटन गर्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हु्न् ।
उनले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने र समतामूलक समाज निर्माणको आधार नै शिक्षा भएको पनि उल्लेख गरेका छन् ।
‘जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो । विद्यालय निर्माणका निम्ति मेरो भूमिका छ । म नेपाल सरकार एवं मेरोतर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु’, प्रम दाहालले भने।
प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधारका साथै शिक्षाको गुणस्तर महत्वपूर्ण रहेको उल्लेख गर्दै यसका लागि शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य र सम्बन्ध जरुरी रहेकोमा जोड दिए । उनले शिक्षालाई प्राथमिकता नदिई समाजवादको आधार तयार पार्न नसक्ने साथै शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्ने विचार व्यक्त गरे ।
विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको स्मरण गर्दै प्रम दाहालले मुलुकको अर्थतन्त्रमा केही गम्भीर समस्या भएको र मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताए ।
निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको बताउँदै बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको र अर्थतन्त्रमा सुधार आउने आधार देखिएका उनको भनाई थियो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




