
हनोई, २१ माघ । भियतनाममा मार्च महिनामा कफी महोत्सवको आयोजना गरिंदै छ। आगामी मार्च १० देखि १४ सम्म डाकलाक प्रदेशमा कफी महोत्सव हुँदैछ ।
द बुआन मा थाट कफी महोत्सव नाम दिइएको उक्त महोत्सवमा विभिन्न प्रकारका कफी उत्पादन र यससँग सम्बन्धित कफी संस्कृतिको बारेमा प्रदर्शनी गरिने बताइएको छ । यहाँ आयोजना गरिन लागिएको यस प्रकारको यो आठौँ कफी महोत्सव हो ।
भियतनाम न्युज एजेन्सीले जनाएअनुसार सो अवसरमा कफी उत्पादन, प्रशोधन र उपभोग संस्कृतिको विकास र संबर्धन गर्ने उद्देश्यले कफी गोष्ठीको पनि आयोजना गर्न लागिएको हो । भियतनामलाई कफीको अन्तरराष्ट्रिय केन्द्रकोरूपमा चिनाउँन र विकास गर्न यस किसिमको महोत्सवले सहयोग पुग्ने उक्त प्रदेशका जनसमितिका उपाध्यक्ष ह्मि क्दोहले बताएका छन् ।
डाकलाक क्षेत्रमा दुई लाख १० हजार हेक्टर क्षेत्रफलमा कफी खेति गरिन्छ जहाबाट पाँच लाख २० हजार टनभन्दा बढी कफी उत्पादन हुने गर्छ । धान-चामलपछि भियतनामको प्रमुख निर्यात हुने बाली कफी हो । सन् २०२२ मा भियतनामले १६ लाख आठ हजार टन कफी निर्यात गरेको थियो जसबाट ३.९ बिलियन अमेरिकी डलर भित्र्याएको थियो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




