
ब्रासिलिया, २२ माघ । ब्राजिलको ब्रासिलियामा जनवरी ८ मा राज्यका विभिन्न निकायमाथि आक्रमणमा संलग्न भएको अभियोगमा ६५३ जनाविरूछ मुद्दा दायर गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
पूर्वराष्ट्रपति जायर बोल्सोनारोका १५२ जना अनुयायीको नयाँ समूहविरुद्ध कारबाही सुरु गरिएको कार्यालयले जनाएको छ । “उनीहरूलाई ब्रासिलियाको सेनाको मुख्यालय अगाडिको शिविरमा हिरासतमा राखिएको छ,” अभियोजकको कार्यालयले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गत अक्टोबरमा लुइज इनासियो लुला डा सिल्भा राष्ट्रपतिमा निर्वाचित भएपछि बोल्सोनारोका समर्थकले शिविर स्थापना गरेका थिए । उक्त समूहमाथि आपराधिक संलग्नता र संवैधानिक निकायविरुद्ध सशस्त्र बललाई उक्साएको आरोप लागेको छ ।
पक्राउ पर्नेमा राष्ट्रपति भवन, संसद र सर्वोच्च अदालतमा भएको आक्रमणको समयमा ब्रासिलियाको संघीय जिल्लाको सुरक्षा सचिवको रूपमा काम गरेका पूर्वन्यायमन्त्री एन्डरसन टोरेस पनि रहेका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




