
काठमाडौं, १६ कात्तिक । नेपालमा गएको २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप जनामा २ हजार ८ सय २४ कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए । गएको २४ घण्टामा थप १३ हजार २३ पीसीआर परीक्षण भएको हो ।
यस्तै, हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय २० जना कोरोना संक्रमित निको भइ घर फर्केका छन् । योसँगै निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ। यो कूल संक्रमितको ७७ दशमलब ७ प्रतिशत हो।
२३ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट देशभर थप २३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २३ जनाको मृत्यु भएको हो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




