
किएभ, २५ माघ । जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार यी ३ वटै मुलुकले आगामी महिना १ सय थान लियोपर्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।
युक्रेनमाथि आक्रमण भएको १ वर्ष पुग्ने दिन अर्थात् यही महिनाको २४ तारिखमा क्रेमलिनले भीषण आक्रमण गर्ने ठानेको किएभले आफ्नो सैन्यस्थिति सुदृढ तुल्याउन ती ट्याङ्क समयमै प्राप्त हुने अपेक्षा गरेको छ । गत महिना जर्मनीले आफ्नै देशमा निर्मित लियोपर्ड–२ ट्याङ्क युक्रेनलाई प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो ।
रुसको सम्भावित आक्रमणको सामना गर्न जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सका रक्षामन्त्रीले एक संयुक्त वक्तव्यमा लियोपर्ड युद्ध ट्याङ्क सहायताको एउटा प्रमुख हिस्सा भएको बताएका छन् । प्रशिक्षक र ट्याङ्कको मर्मतसम्भारका सामग्री पनि सहयोगमा समावेश गरिएको छ ।
युक्रेनी रणमैदानमा ठूलो क्षति झेलेर लज्जित भएको रुसले पराजयको बदला लिन घातक आक्रमण गर्ने त्रासमा युक्रेनी जनता रहेका छन् । क्रेमलिनको प्रयास पहिले जितेका क्षेत्रमा पुनः कब्जा जमाउनु हो ।
गैरकानुनी रुपमा कब्जा गरिएका क्षेत्रमाथि आफ्नो आधिपत्य जमानउन रुसी सेनाले पूर्वी र दक्षिणा भेगमा आक्रमण गर्ने आशङ्कामा प्रतिकारका निम्ति युक्रेनले हातहतियार सङ्कलनका साथै नयाँ सैनिक जवानलाई तालिम दिइरहेको छ । रुस पनि हतियार प्राप्ति र सैन्य तालिम सुदृढ बनाउन तल्लीन छ ।








काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा… 




