
काठमाडौं, ५ फागुन । प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु स्मार्ट फण्ड’ निष्काशन गर्ने भएकाे छ। क्यापिटलले साे फण्ड फागुन १८ गतेदेखि निष्काशन तथा बिक्रीका लागि खुल्ला गर्ने भएकाे हाे । क्यापिटलका अनुसार प्रति इकाई रू १०० अंकित दरकाे ८ करोड इकाई निष्काशन गरिने भएकाे हाे।
यसमध्ये १ करोड १२ लाख इकाई कोषकाे प्रबर्धक रहेकाे प्रभु बैंकका लागि सुरक्षित गरिएकाे छ । ८ लाख इकाई योजना व्यवस्थापक रहेकाे प्रभु क्यापिटलका लागि रहेकाे छ। बाँकी रहने ६ करोड ८० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन पाउने भएका छन्।
प्रभु स्मार्ट फण्डमा लगानीका लागि फागुन २३ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे मितिसम्म आवेदन नपरेकाे खण्डमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ। यसका लागि घटीमा १०० इकाई र बढीमा ८० लाख इकाईका लागि आवेदन दिन पाइनेछ ।
याे एक बन्दमुखि योजना हो। यसकाे आकार रु ८० करोडकाे रहेकाे छ। फण्ड निष्काशनमा भएपछि ४ करोड इकाई बिक्री भएकाे हुनु पर्नेछ। ताेकिएअनुसार आवेदन नपरेमा योजना खारेज गरेर १५ दिनभित्र आवेदकहरुको रकम फिर्ता गरिने क्यापिटलले जानकारी गराएकाे छ।
प्रभु स्मार्ट फण्डको समयावधि १० वर्षकाे हुनेछ। अवधि सकिएपछि योजनाको लगानी नगदमा रुपान्तरण गरेर लगानीकर्ताहरुलाई वितरण गरिने बताइएकाे छ। फण्डकाे निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




