
काठमाडौं, ५ फागुन । नेपालमा वाणिज्य बैंकको सङ्ख्या घट्ने क्रममा रहेको छ । कुनै समय ३२ वटासम्म रहेका वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने गाभिने क्रमपछि घट्न थालेका हुन् । यो संख्या फागुन १२ गतेपछि आधिकारिक रुरपमा २१ वटामा आइपुग्ने भएको छ ।
हिमालयन बैंकले सिभिल बैंकलाई आफूमा गाभेर फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ । उक्त कारोबार शुरु भएपछि वाणिज्य बैंकको संख्या २१ मा आउँछ । वाणिज्य बैंकहरुको नियामक संस्था नेपाल राष्ट्र बैंकले बैंकको संख्या घटाउने पुँजी बढाउने नीति लिएर बैंकहरुलाई एक आपसमा गाभ्न गाभिन वातावरण बनाउँदै आएको थियो ।
राष्ट्रबैंकबाट पाउने सुविधाका लागि गत पुस मसान्तभित्र गाभिएका बैंकहरुले एकीकृत कारोबार सुरु गरिसक्नुपर्ने नियम लगाएको थियो । त्यस हिसाबले धेरैजसो गाभिएका बैंकहरुले पुस मसान्तभित्रै एकीकृत कारोबार सुरु गरेका थिए । त्यतिबेलासम्म बैंकहरुको सङे्ख्या घटेर ३२ बाट २२ मा आइपुगेको थियो ।
अब फागुन १२ गते हिमालयन र सिभिल बैंकले एकीकृत कारोबार गरेपछि २१ तथा केही समयमा सनराइज र लक्ष्मी बैंकले समेत एकीकृत कारोबार सुरु गरेपछि वाणिज्य बैंकको संख्या औपचारिक रुपमा २० मा झर्ने पक्का भएको हो ।
आगामी फागुन १२ गते साविकको हिमालयन बैंकले सिभिल बैंकलाई गाभेर हिमालयन बैंकको नामबाट एकीकृत कारोबार शुरु गर्ने भएको हो । यी दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले हिमालयन बैंकले र सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो ।
हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गर्न लागेको हो । फागुन १२ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालीन काउन्टर सेवा र १० र ११ गते सबै सेवाहरु अवरुद्ध हुने बताएको छ । यस्तै साविकको सिभिल बैंकले भने फागुन ८ गतेदेखि ११ गतेसम्म आफ्ना सबै सेवाहरु अवरुद्ध हुने जानकारी दिएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




