मेडिकल व्यवसायी प्रसाईलाई कारबाही गर्न सिफारिस

-



     सफल आवाज    
     फागुन ६ गते २०७९ मा प्रकाशित



बिराटनगर, ६ फागुन । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाहीको लागि एमाले प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको छ।

अाज बिहान बसेको प्रदेश कमिटिको बैठकले पार्टी हित विपरित कार्य गरेकोले कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको प्रदेश इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिएका छन।

एमालेको नीति सिद्धान्त विपरीत केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र छोरा पारस शाहलाई सहभागि गराएर कार्यक्रम गरेपछि उनी विवादमा परेका हुन् । त्यसपछि प्रसाईलाई पार्टीबाट निष्कासन गर्नुपर्ने आवाज उठेपछि कारबाहीको लागि केन्द्रमा सिफारिस गरेको बताइएकाे छ ।

मेडिकल व्यवसायी प्रसाईंले राष्ट्रियता बचाउने अभियान सुरु गरेकाे भन्दै गत सोमबार काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ सुरु गरेका थिए।