शनिबारसम्म कोरोनाका सक्रिय सङ्क्रमित १७ जना

-



     सफल आवाज    
     फागुन ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ फागुन । नेपालमा शनिबार ३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट ९३७ सय जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

१०३ जनाको पीसीआर परीक्षण गरिएकामा ३ जनामा तथा ८३४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उक्त अवधिमा देशभरबाट कुनै कोरोना सङ्क्रमित निको भएर घर फर्केका छैनन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । शनिबार अद्यावधिक गरिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा कोरोनाविरुद्धको खोप लगाएकाको तथ्याङ्क प्राप्त भएको छैन । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ । हालैमात्र मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन सबैलाई आग्रह पनि गरेको छ ।