कास्कीको डाँडानाकमा बस दुर्घटना, ४० भन्दा बढी घाईते

-



     सफल आवाज    
     फागुन ७ गते २०७९ मा प्रकाशित



पोखरा, ७ फागुन । कास्कीको लेखनाथ स्थित डाँडाकोनाकमा आज अपरान्हमा लेखनाथ माइक्रो बस दुर्घटनामा परेको छ । दुर्घटनामा परेर ४० बढि घाईते भएका छन् । घाईतेहरु अधिकांश पोखरा विश्वविद्यालयका विद्यार्थीहर रहेको जनाईएको छ ।

पोखरा विश्वविद्यालय गेटबाट फर्केको सो बस डाँडाँकोनाक प्रहरी चौकी अगाडी गडुवा खोलामा खसेको हो । ग१ख ६७४७ नं को उक्त बसमा ४५ बढी सवार रहेका जनाईएको छ । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज तथा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

सोमबार पियूको दिक्षान्त समारोह हो । सो समारोहमा सहभागि हुने अधिकांश विद्यार्थीहरु दुर्घटनामा परेको बताईएको छ । पियुका शिक्षक सुवास मल्लले हाम्रा विद्यार्थीहरु पनि परेको खबर आएको छ । यो सबै तथ्य प्रहरीले लगत उठाईसकेपछि थाहा होला ।

विद्यार्थी विश्वदर्शन पराजुलीका अनुसार पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३५ जनाजतिलाई ल्याईएको छ । प्रहरीले उनीहरुको विवरण लिईरहेको र डाक्टरले स्वास्थ्य जाँच गरिरहेको बताए ।

प्रारम्भिक विवरण अनुसार घाइते कसैको टाउकोमा चोट लागेको, कसैको हातखुट्टा नचलेको बताएका छन् । उनीहरुको पूर्ण जाँच भईसकेपछि थप तथ्य खुल्ने डाक्टरले बताएका पराजुलीले बताए । दुर्घटनाकाे कारण भने खुल्न बाकी छ ।

फाेटाे साैजन्य-सन्दिप पाैडेल