
मोगादिसु, ११ फागुन । सोमालील्याण्डको छुट्टिएको सोमाली क्षेत्रमा सुरक्षा बल र जातीय समूहका सदस्यबीच १७ दिनसम्म भएको झडपमा कम्तिमा ९८ जनाको मृत्यु भएको तथा पाँच सय ६० जना घाइते भएका छन् ।
लस अनोडको मुख्य अस्पतालका निर्देशक अहमद मोहम्मद हसनले घाइते तथा हताहतिबारे एपएफपीलाई जानकारी दिए पनि समूहका प्रमुख गारद जामा गरद अलीले एक सय पचास जनाको ज्यान गएको तथा पाँच सय जना घाइते भएका बताएका थिए ।
सन् १९९१ देखि सोमालील्याण्डले सोमालियाबाट स्वतन्त्रताको दाबी गर्दै आएको छ तर अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छैन । राजनीतिक तनावका कारण सरकारी सेना र सोमालियाप्रति वफादार नागरिक सेनाबीच घातक हिंसाका घटना हुने गरेका छन् । पछिल्लो झडप फेब्रुवरी छ देखि लास एनोडबाट सुरु भएको पछिल्लो झडप आज बिहानसम्म पनि जारी रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
यसै महिनाको १० तारिखमा सोमालील्याण्डका अधिकारीले युद्धविराम घोषणा गरे पनि केही दिन पछि सोमालियाले आफ्ना सेनामाथि आक्रमण गरेको आरोप लगाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




