हिमालयन र सिभिल बैंकबीच एकीकृत कारोबार सुरु, शाखा संजाल १८९ पुग्याे

-



     सफल आवाज    
     फागुन १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ फागुन । हिमालयन बैक लिमिटेडले सिभिल बैंकलाइ प्राप्ति गरि अाजदेखि एकीकृत कारोबार सुरु गरेको छ।

एकीकृत कारोबारपछि बैककाे चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ पुगेकाे छ। बैकको पुँजीकोष ३३४ अर्ब, निक्षेप २७४ अर्ब र २५० अर्ब कर्जा लगानी पुगेको बैंकले जनाएको छ। मर्जरपछि बैंकको शाखा सञ्जाल १८९ र एटीएम २६३ पुगेको छ।

सिभिल पूर्णरुपमा विलय भएकाेले अब सबै संचालकहरु हिमालयनका हुनेछन। बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नै रहेका छन् भने बैककाे प्रमुख कार्यकारी अधिकृतमा हिमालयनका अशोक राणाले नै निरन्तरता पाएका छन्।

मर्जर सम्झौता अनुसार सेयरधनीका लागि हिमालयन बैकको १०० कित्ता सेयर बराबर सिभिल बैंकको ८०.२८ कित्ता हुने गरी सेयर आदानप्रदान भइसकेकाे छ।