एमालेबाट राष्ट्रपतिको उम्मेदवार बन्दै सुवास नेम्वाङ

-



     सफल आवाज    
     फागुन १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ फागुन । नेकपा एमालेबाट नेता सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने भएका छन।

नेकपा एमाले स्राेतका अनुसार नेता सुवास नेम्वाङलाइ एमालेका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको बताइएकाे छ । एमालेका उम्मेदवार नेता सुवास नेम्वाङले चुनाव जित्ने पनि एमालेकाे दाबी रहेकाे छ ।

पुर्व सहमती अनुसार नै एमालेले राष्ट्रपतिकाे दाबी गरेकाे र साेही बमाेजिम नेम्वाङलाइ राष्ट्रपतिको उम्मेदवार बनाएकाे एमालेले जनाएकाे छ ।

राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले कांग्रेसबाहेक सबै दललाइ सहयाेग गर्न अपिल गरेकाे छ ।उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने- २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएकोले त्याे बेलासम्म पुस १० कै सहमति अनुसार अगाडि बढ्नेछाैं ।

उता प्रचण्डले पहिलेनै भएकाे सहमति अनुरूपकाे कार्य नगरेमा उनकाे राजनितिक छवी अत्यन्त धुमिल हुने बिष्लेषकहरूले बताउदै अाएका छन ।