मर्जरकाे प्रस्ताव पारित गर्न धौलागिरी र खप्तड लघुवित्तले बाेलाए साधारण सभा

-



     सफल आवाज    
     फागुन १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ फागुन । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाले चैत ६ गते साधारण सभा डाकेका छन् । दुबै संस्था एकापसमा गाभिने भएपछि मर्जरकाे प्रस्तावलाइ पारित गर्न उनीहरुले विशेष साधारण सभा डाकेका हुन ।

धौलागिरी लघुवित्तकाे साधारण सभा बाग्लुङ्गकाे उपल्लाचौरस्थित डिसीआरडिसीको सभाहलमा बाेलाइएकाे छ । सभा पूर्वान्ह १० बजे डाकिएकाे छ । खप्तड लघुवित्त काे साधारण सभा अत्तरीयास्थित होटल नमस्तेमा बाेलाइएकाे छ ।

दुबै लघुवित्तका साधारण सभाबाट मर्जका लागि सबै काम गर्न त्यसकाे अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित हुनेछ । यस्तै सेयर स्वाप अनुपातलाइ स्वीकृत गर्ने तथा प्रबन्धपत्र नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरु छलफलपछि पारित गरिने भएकाे छ।

यसका लागि चैत २६ गतेसम्म सेयर काराेबार गरी कायम भएका लघुवित्तका संस्थापक र सेयरधनीहरु साधारण सभामा सहभागि हसन पाउनेछन्।