अफगान सुरक्षा फौजको कारबाहीमा आइएसका ६ लडाकू मारिए

-



     सफल आवाज    
     फागुन २१ गते २०७९ मा प्रकाशित



काबुल, २१ फागुन । अफगानिस्तानको हेरात प्रान्तमा यहाँको सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पनि ६ जना आइएस लडाकू मारिएका छन् । सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुख अब्दुल्लाह इनसाफले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार यहाँको सुरक्षा फौजले आइएसकाविरुद्धमा गरेको कारबाहीका क्रममा ती लडाका मारिएका हुन् ।

शनिबार भएको सो कारबाहीका क्रममा मारिनेमा १ जना महिला पनि परेको बताइएको छ । प्रवक्ता इनसाफका अनुसार हेरात प्रान्तको रबट काबुली गाउँमा आइएसले आश्रयस्थल नै बनाएर हिंसात्मक क्रियाकलाप गरेको सूचनाका आधारमा सो कारबाही गरिएको थियो ।

त्यस कारबाहीमा परेर अरु केही लडाकू घाइते पनि भएका छन् । उक्त क्षेत्रमा अफगान सरकारको सुरक्षा फौजले खोजी अभियान सञ्चालन गरिरहेको छ ।