
काठमाडौं, २२ फागुन । आइतबार एकैदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ वटा कम्पनीका बोनस सेयर सूचीकृत भएको छ । सूचीकृत हुने कम्पनीमा २ वटा वाणिज्य बैंक समेत रहेका छन् । आइतबार प्रभु बैंक, सेन्चुरी कमर्सियल बैंक, आईसीएफसी फाइनान्स, आँधिखोला लघुवित्त वित्तीय संस्था र फर्ष्ट माक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
आइतबार प्रभु बैंकको ८२ लाख ६० हजार ६५७.७१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गरेको ६.५० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यसैगरी सेन्चुरी कमर्सियल बैंकको ४५ लाख ३८ हजार १०६.८७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरेको ४.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सोही दिन आईसीएफसी फाइनान्सको ५ लाख ६३ हजार ५५८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्न सेयरधनीहरुलाई वितरण गरेको ५ प्रतिशत बराबरको बोनस शेयर नेप्सेमा सूचीकृत गरिएको हो ।
आइतबार नै आँधिखोला लघुवित्त वित्तीय संस्थाको ३ लाख ५७ हजार कित्ता र फर्स्ट माक्रोफाइनान्स लघुवित्तको १८ लाख ३२ हजार ५३५.५६ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । यीमध्ये आधिँखोला लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत र फर्ष्ट माइक्रोफाइनान्सले १९ प्रतिशत बोनस सेयर वितरण गरेका थिए । त्यही बोनस सेयर नै नेप्सेमा सूचीकृत गरिएको हो ।
आइतबार एकैदिन नेप्सेमा सूचीकृत यी ५ वटै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिने बताइएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




