१४.७५ प्रतिशत लाभांश बाँड्दै एनआईसी एसिया लघुवित्त

-



     सफल आवाज    
     फागुन २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ फागुन । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १४.७५ प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/०७९ का लागि आफ्ना सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको हो ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले करसहित १४.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको करसहित १४.७५ प्रतिशतले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको बताइएको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर कम्पनीको साधारण सभाले पारित गरेपछि सर्वसाधारण सेयरधनीले प्राप्त गर्ने संस्थाले जनाएको छ ।