
काठमाडौं, १९ कात्तिक । नेपालमा गएको २४ घण्टामा थप ३ हजार ३ सय ९ जना कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
उनका अनुसार देशभरका प्रयोगशालामा १३ हजार १ सय ४४ नमुना परीक्षणमा थप ३ हजार ३ सय ९ जनामा संक्रमण देखा परेको हो । तीमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ८ सय ७८ छन् । काठमाडौ जिल्लाका १५ सय ७०, भक्तपुरका १ सय १९ र ललितपुरका १ सय ८९ जना छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा थप ३ हजार ८ सय ४४ जना निको भइ घर फर्के । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ८ सय ७८ छ । यो ७९ दशमलब २ प्रतिशत हुन आउँछ ।
हाल आईसियूमा ३ सय ७९ जना र भेन्टिलेटरमा ७८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । देशभर १ हजार ३ सय ५ जना क्वारेन्टाइनमा बसेका छन् ।
हाल ५ सय बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौ, ललितपुर, भक्तपुर, चितवन, कास्की, नवलपरासी पूर्व, रुपन्देही, दाङ रहेका छन् ।
थप ३० जनाको मृत्यु
नेपालमा गएको २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यो सहित कुल मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ । नेपालमा संक्रमित हुनेमध्ये शुन्य दशमलब ६ प्रतिशतको ज्याएको गएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




