
काठमाडौं, २५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन् । आज बिहीबार संघीय संसदमा भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार पौडेलले ३३ हजार ८०२ मतभारसहित निर्वाचित भएका हुन् । उनलाई २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदले मत दिएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका सुवासचन्द्र नेम्बाङले नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका छन् ।
निर्वाचित पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा राष्ट्रिय जनमोर्चाको मत प्राप्त भएको थियो ।
राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी कुल ८३१ जनाले मतदान गरेका थिए । यसबाहेक संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएका थिएनन् ।
यस्तै नेपाली कांग्रेसका चन्द्र भण्डारी तथा नेकपा माओवादी केन्द्रका वर्षमान पुन भने उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी हुन सकेका थिएनन् । कांग्रेसबाट निर्वाचित भएर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मनाङका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदानमा सहभागी गराइएको थिएन ।
यसैगरी मतदाता नामावलीमा नाम भएका तर फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरीले पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न उपस्थित भएनन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




