
काठमाडौं, २६ फागुन । राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच एक सम्झौता भएको छ । यी दुई कम्पनीबीच सहकार्य, कार्यगत एकता, आपसी सहयोग र दुवै पक्षका बीचमा हुने विभिन्न किसिमका कारोबारलाई निरन्तरता दिने र दुवै संस्था बीचको सुमधुर सम्बन्धलाई भविष्यमा अझ थप मजबुत बनाउँदै डिजिटल प्रविधिको उच्चतम प्रयोगमा जोड दिने उद्देश्यले सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका भुक्तानी तथा फर्छ्यौट विभागका विभागीय प्रमुख ऋषिराम ढकालले जानकारी दिए । कोषले विभिन्न योजनाका सहभागी योगदानकर्ता कार्यालयहरुको योगदान रकम संकलन गर्नका लागि यसअघि देखि राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यसबाहेक राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई सीजीएएस (कम्प्युटराइज्ड गभर्नमेन्ट अकाउन्टिङ सिस्टम) प्रणालीबाट सहभागीहरुको कट्टी रकम पठाउँदै आएको कार्यलाई निरन्तरता दिँदै कोषले विकसित गरेको वेबमा आधारित ईसर्भिस सफ्टवेयरबाट कर्मचारी बचत वृद्धि अवकाश कोष लगायत अन्य कार्यक्रमको योगदान रकम कट्टीको काम गर्ने बताइएको छ ।
साथै सम्झौता अनुसार अन्य संगठित संस्थामा कार्यरत कर्मचारीहरुको फाँटवारी प्रविष्ट गरिसकेपछि सहभागी योगदानकर्ता कार्यालयले सबमिसन नम्बर तथा कार्यालय कोड सहितको पेमेन्ट स्लिप र आफ्नो चेक वा नगद राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखाहरुमा पेश गरेको अवस्थामा सम्बन्धित सहभागीको खाताबाट रकम कट्टी गरी सबै बैंक शाखाहरुले सबमिसन नम्बर र कार्यालय कोड प्रयोग गरी नेपाल क्लियरिङ्ग हाउसको बैंक सेन्ट्रल सफ्टवेयर मार्फत बैंकमा रहेको कोषको खातामा जम्मा गरिदिनेछन् ।
यसका कारण रकम समयमै जम्मा भई हिसाब मिलान हुने तथा कर्मचारीहरुको खातामा सोझै रकमहरु जम्मा हुने हुँदा सहज हुने विश्वास गरिएको बैंकले लिएको छ ।
हस्ताक्षर कार्यक्रममा कोषका निर्देशक गोपाल घिमिरे र बैंकका भुक्तानी तथा फर्छ्यौट विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, मार्केटिङ विभागका विभागीय प्रमुख अच्युत गौतम, ट्रेजरी विभागका विभागीय उप प्रमुख सरोज कोईराला र प्रबन्धक बिमल जोशीको उपस्थिति रहेको थियो ।
बैंकको हाल ७ प्रदेश ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग, क्यूआर कोड सेवा, पोइन्ट अफ सेल सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्यूआर टेलर बिना चेक रकम भित्रक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने यूएसएसडी मोबाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




