सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको सेयर कारोबार १५ दिन रोक्का हुने

-



     सफल आवाज    
     फागुन २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ फागुन । सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनीको कारोबार भोलि सोमबारदेखि १५ दिनका लागि रोक्का हुने भएको छ । मर्जरपछि एकीकृत कारोबार गर्न लागेकाले यी दुई इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का हुने भएको हो ।

यी दुवै कम्पनीले सोमबारदेखि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्दै छन् । यसै कारणले सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भोलिदेखि १५ दिनका लागि रोक्का गरिने भएको हो ।

सगरमाथा र लुम्बिनी इन्स्योरेन्स दुवै कम्पनीले नेपाल बीमा प्राधिकरणबाट फागुन १६ गते र नेपाल धितोपत्र बोर्डबाट २३ गते मर्जरको लागि अन्तिम स्वीकृति पाएका थिए । गत असार २९ गते मर्जरसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका यी दुई कम्पनीबीच मर्जरपछि चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ पुग्ने बताइएको छ ।