नेपालमा थपिए ३०५१ संक्रमित, ३४३० निको

-



     सफल आवाज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० कात्तिक । नेपालमा गएको २४ घण्टामा थप ३ हजार ५१ जना कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो समय ३ हजार ५१ जना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा एक हजार ३९८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ६०१ महिला र ७९७ पुरुष रहेका छन् ।

काठमाडौंमा मात्र हालसम्म १६ हजार ३ सय ३१ सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् भने २५९ जनाको मृत्यु भैसकेको छ ।

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् भने ६९ जनाको मृत्यु भएको छ ।

ललितपुरमा दुई हजार २७६ सक्रिय संक्रमित छन् भने ६५ जनाको मृत्यु भएको छ ।

देशभर हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ पुगेको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा थप ३ हजार ४ सय ३० जना निको भइ घर फर्के । हालसम्म १ लाख ४८ हजार ४ सय ८ डिस्चार्ज भएका छन् ।

थप १८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ । मंगलबार देशभर ३० जनाले ज्यान गुमाएका थिए ।