पोखरामा बिहीबारदेखि नगर बस चल्ने

-



     सफल आवाज    
     श्रावण ७ गते २०७७ मा प्रकाशित



पर्यटकीय सहर पोखरामा बिहीबारदेखि १२० दिने लामो लकडाउनपछि सार्वजनिक यातायातका साधन चल्दैछन् ।

पोखरा यातायात प्रालि कोरोना भाइरस (कोभिड–१९) विरुद्ध आधारभूत सुरक्षा सतकर्ता अपनाएर सडकमा सवारी निकाल्ने तयारीमा छ । यो कम्पनीअन्तर्गत हाल ३ सय ६० गाडी छन् ।

कम्पनीले सुरुवातमा ५० प्रतिशत सार्वजनिक सवारी साधन चलाउने कम्पनीका प्रबन्ध निर्देशक अमृत शर्माले जानकारी दिए । उनका अनुसार यात्रुको सुविधाका लागि आवश्यक मापदण्ड अपनाएर गाडी चलाउने तयारी गरिएको हो ।

सरकारले गत चैत ११ देखि सुरुवात गरेको लकडाउन ४ महिनापछि अर्थात साउन ६ गते मध्यरातदेखि सकिएको छ ।

सर्वसाधारण भने सार्वजनिक यातायात अभावमा हिडेरै गन्तव्य पुग्न बाध्य भए ।

यद्यपि, कोरोना भाइरसको जोखिम उत्तिकै रहेकोले आवश्यक सुरक्षा व्यवस्था अपनाउन सरकारले सर्वसाधारणमा आग्रह गरेको छ ।