
पोखरा, ४ चैत । बरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनको आज शनिबार पोखरामा नागरिक अभिनन्दन एवं रथारोहण गरिँदै छ ।
८१ बर्ष प्रवेशको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखरा विभिन्न साहित्यिक तथा वाङ्मयिक संघ संस्थाहरूले उनको सम्मानमा नागरिक अभिनन्दन गर्न लागेका हुन् । पोखरा–३ नदीपुरस्थित बरालको निवासबाट विन्ध्यवासिनी मन्दिर परिसरसम्म रथारोहण हुँदै छ ।
वि.संं. १९९९ सालमा कास्कीको आर्बा (हाल पोखरा–१३) मा जन्मिएका वात्स्यायनले नेपाली समाज र राजनीतिका विकृति र विसंगतिलाई व्यंग्यचित्रका माध्यमबाट उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै वात्स्यायनलाई सम्मान गर्न लागिएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
व्यंग्यचित्रकारिताका माध्यमबाट नेपाली प्रजातान्त्रिक आन्दोलनलाई प्रेरित गर्दै प्रजातन्त्रको संस्थागत विकास र सुदृढीकरणमा वात्स्यायनको महत्वपूर्ण योगदान छ ।
पोखरामा शारीरिक सुगठन कला भित्रयाउने र प्रशिक्षण गर्ने श्रेय समेत बराललाई नै जान्छ । पोखरामा फोटोग्राफी कला र व्यवसाय विस्तार तथा प्रशिक्षणमा पनि उनको महत्वपूर्ण योगदान रहेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




