
काठमाडौं, ५ चैत । सौर्य एयरलाइन्सले पोखरामा आफ्नो उडान थप गर्ने भएको छ । कम्पनीले आफ्नो समर शेड्युल अनुसार आगामी अप्रिल महिनादेखि २ वटा उडान थप्ने भएको हो ।
कम्पनीले पोखरालाई विशेष प्राथमिकता दिँदै उडान संख्या विस्तार गर्न लागेको बुझिएको छ । आइएफआर सिस्टम लागू भएसँगै एयरलाइन्सले अप्रिल १ तारिखबाट दैनिक साँझ ६ बजे एउटा रात्री उडान पनि गर्ने भएको छ ।
एयरलाइन्सका अनुसार साँझ ६ बजे काठमाडौं-पोखरा र ७ बजे पुनः पोखरा-काठमाडौं उडान गर्ने योजना रहेको छ । पोखराबाट रात्रीकालिन पहिलो टेकअफ सौर्यकै हुने कम्पनीको दावी छ । हाल सौर्यले दिउँसो ४:२० मा पोखरा-काठमाडौं उडान गर्दै आएको छ।
सौर्यले हाल ३ मध्ये २ वटा सिआरजे-२०० सिरिज जहाजमार्फत उडान सेवा दिँदै आएको छ । कम्पनीले पोखरा उडान विस्तारकै लागि भैरहवा र धनगढी तर्फको नियमित उडान बन्द पनि गरेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




