शेयरमा लगानी गर्नु पनि बचत हो : गर्भनर अधिकारी

-



     सफल आवाज    
     चैत्र ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ चैत । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शेयरमा लगानी गर्नु पनि बचत भएको बताएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘शेयरमा लगानी गर्नु पनि बचत हो’, उनले भने, ‘त्यसैले सेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्न सकिन्छ ।’

नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा बचत योजनामा १० वर्षमा दोब्बर बन्ने योजनासमेत रहेको अधिकारीको भनाइ छ ।

‘२०५२ सालमा कुनै कम्पनीको मूल्याङ्कन विश्लेषणको लागि लिएको १० कित्ता शेयरले अहिले लाखौं लाखको सम्पत्ति बनाइदिएको छ, उनले भने, बचतमा रेट राम्रो छ, १० वर्षमा दोब्बर हुने खालका रेटहरु छन् ।

त्यस बेलाको त्यो रकम कतै बचत नगरे पनि खर्च भएर जाने गर्भनर बताउछन् ।सवैभन्दा कम बचत गर्ने मुलुकमा नेपाल पर्ने अधिकारीको भनाई छ । तथ्यांक हेर्दा नेपालीले सवैभन्दा बढी खर्च गर्ने भएकाले बचत गर्नुपर्न अधिकारीको भनाई छ ।