
काठमाडाैं, २१ कात्तिक । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरस संक्रमणको निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले अन्य क्षेत्रको बजेटलाई कटौती गरेर भएपनि निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई निर्देशन दिएको हो ।
भर्चुअल माध्यमबाट आज भएको समितिको बैठकमा अन्य क्षेत्रको बजेटलाई कटौती गरेर भएपनि कोरोना भाइरसकाे संक्रमण परीक्षण र उपचार निःशुल्क गर्नका लागि सल्लाहसहित निर्देशन दिएको हो ।
समितिको बैठकले निजी अस्पताललाई संक्रमितको उपचार खर्च कति लागिरहेको छ भन्ने विषयमा अनुगमन गर्न र तोकिएको भन्दा बढी शुल्क लिएको पाईएमा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । साथै समितिले उपचारमा खटिएका स्वास्थ्यकर्मिहरुको सुरक्षा र भत्ता समयमै प्रदान गर्न निर्देशन दिएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




