मकर जितुमाया सुरी हाईड्रोको शेयर बाँडफाँड

-



     सफल आवाज    
     चैत्र ९ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ९ चैत । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडकोे शेयर बाँडफाँड भएकाे छ । दोलखाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ७,६०,००० कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको १,५२,००० कित्ता शेयर धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बाँडफाँड सम्पन्न भएको हाे।

स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थायी बसोबास गर्ने स्थानियबासीको हकमा १० कित्ता देखि ९,९९० कित्तासम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३,५१४ आवेदकहरुलार्ई जम्मा ६,७८,६०० कित्ता शेयर बाडफाड भएकाे छ ।

नेपाल सरकारको सम्बन्धित निकायवाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि २,०१० कित्ता सम्म आबेदन दिने १५,०४१ आवेदकहरुलाई १० कित्ता, र २० कित्ता देखि २,०१० कित्ता सम्म आवेदन दिने १२,११७ जना मध्ये गोलाप्रथाबाट १५९ जनालाई थप १० कित्ता गरी जम्मा १,५२,००० कित्ता शेयर बाँडफाँड भएको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले बताएकाे छ ।