३ जना हेलिकप्टर पाइलटलाई किन गरियाे निलम्बन ?

-



     सफल आवाज    
     चैत्र ९ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ९ चैत । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग नेगेटिभ कन्भर्सेसन गरेकाे भन्दै १ जना पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौँ–लुक्ला उडानका क्रममा टावरसँग अश्लिल शब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई ग्राउन्डेड गरिएको हो ।

२१, मार्च २०२३ मा काठमाडौँबाट लुक्ला जाने क्रममा अन्नपूर्ण हेलिकप्टरका एक पाइलटले मिस कम्युनिकेशन गरेको हुनाले निजलाई ग्राउण्डेड गरिएको प्रवक्ता निरौलाले बताए ।

त्यसैगरी उडान सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने थप २ जना हेलिकप्टर कम्पनीका पाइलटलाई समेत ग्राउण्डेड गरिएको छ । एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटले पोखरामा ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्याएको एयरस्पेसमा हेलिकप्टर उडाएकाले उनीहरूलाइ निलम्बन गरिएकाे बताइएकाे छ।

यी तीनै जना पाइलटले अर्को सूचना जारी नभएसम्म हेलिकप्टर उडाउन नपाउने उड्डयन प्राधिकरणले जनाएकाे छ ।