४ अर्बकाे ‘एनएमबि डिबेञ्चर’ चैत २१ देखि निष्काशन हुने

-



     सफल आवाज    
     चैत्र १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ चैत । एनएमबि बैंकले चैत २१ गतेदेखि वार्षिक १०.७५ प्रतिशत ब्याजदरकाे ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ निष्काशन गर्न लागेको छ । यसकाे अवधि १० वर्षको रहेकाे छ।

बैंकका अनुसार प्रतिऋणपत्रकाे मूल्य १ हजार रहेकाे छ भने कुल ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागिएकाे छ ।

२ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गरिने भएकाे छ । बाँकी १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ।

यसबाट ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ। यसका लागि घटीमा २५ कित्ता र बढीमा ६ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ।

लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बामा रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरु तथा मेरो सेयर अनलाइनबाट आवेदन दिन सक्नेछन्। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।