३ महिनामा प्रहरीले समात्याे १० लाखभन्दा बढी नक्कली नोट

-



     सफल आवाज    
     चैत्र १२ गते २०७९ मा प्रकाशित



काठमाडौँ, १२ चैत। नेपाल प्रहरीले पछिल्लो ३ महिनामा १० लाख रपैयाँ भन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको बताए ।

‘प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन्’ पोखरेलले भने ।

प्रहरीका अनुसार गत मंसिरमा ३, पुसमा १७ र माघमा २ जना पक्राउ परेका हुन् । मंसिमा पक्राउ परेकाबाट ३० हजार, पुसमा पक्राउ परेकाबाट ५ लाख ३६ हजार र माघमा पक्राउ परेकाबाट ४ लाख ४४ हजार नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ ।