२ अर्ब १० करोड बढिकाे ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     चैत्र १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ चैत । नेपाल राष्ट्र बैंकले मंगलबार २२ अर्ब १० करोड २५ लाख बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले २८ दिन अवधिका लागि ५ अर्ब रुपियाँ, २१ दिन अवधिका लागि ११ अर्ब ५० करोड २५ लाख रुपियाँ, १८२ दिन अवधिका लागि ६० करोड रुपिँया र ३६४ दिन अवधिका लागि ५ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

जसमध्ये ९१ दिन अवधिको ५ अर्ब रुपियाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । नयाँ ट्रेजरी बिल २८ दिनको आगामी वैशाख १२ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

९१ दिन अवधिको आगामी असार १२ गते तथा १८२ दिन अवधिको आगामी असोज ९ गते र ३६४ दिन अवधिको आगामी चैत १३ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।