बैंक लुटेको आरोपमा ३ जना पक्राउ

-



     सफल आवाज    
     चैत्र १४ गते २०७९ मा प्रकाशित



सिराहा, १४ चैत । सिराहा प्रहरीले बैंकको पैसा लुटपाट गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । ग्लोबल आईएमई बैंकका कर्मचारीले कल्याणपुर शाखा कार्यालय लादै गरेको ९ लाख रुपैयाँ लुटेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–८ अरङ्गका ४५ वर्षीय श्याम कुमार यादव, लहान नगरपालिका १३ सुकरामपुरका ३६ वर्षीय जिवछ बिक र लहान १९ छपरारीका ४७ वर्षीय सत्य नारायण मण्डल रहेका छन् ।

प्रहरीसहित ज. ६ प ८१८५ नम्बरको मोटरसाइकलमा बैंकका कर्मचारी गत फागुन १० गते नम्बर नखुलेको मोटरसाइकलमा आएका ४ जना अपरिचित व्यक्तिहरूले पेस्तोल देखाई रकम लुटिएका थिए ।

प्रहरीले सिराहा सदरमुकामस्थित हेमनारायण चोकबाट पक्राउ गरेको बताएको छ। उनीहरूमाथि शरीर बन्धक तथा डाँका मुद्दा चलाईएको छ । अहिले ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।