अर्थशास्त्री डा स्वर्णिम वाग्लेले किन छाेडे नेपाली कांग्रेस ?

-



     सफल आवाज    
     चैत्र १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ चैत । अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टी छाडेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन, “विसं २०४२ को ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।

पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्षरूपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेपनि त्यसकाे मुल्याङ्कन नभएकाेले नेपाली कांग्रेस पार्टीबाट बाहिरिने निर्णय गरेको बताएका छन ।

डा वाग्लेले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै विसं २०८० को सुरुआतसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय रहने बताएका छन् । उनले फेसबुक मार्फत काँग्रेसकाे अहिलेकाे नेतृत्वलाइ अक्षम गिराेहकाे संज्ञा दिएका छन ।