खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

-



     सफल आवाज    
     चैत्र १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ चैत । खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । सरकारमा मन्त्रालयको भागबन्डामा चित्त नबुझेपछि उनले राजीनामा दिएका हुन् ।

उनले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खानेपानीमन्त्रीबाट राजीनामा बुझाएका हुन् ।

जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालय मागिरहेको थियो । तर, अहिले पनि खानेपानी मन्त्रालय नै दिने भएपछि उनले राजीनामा दिएका हुन् ।

कांग्रेस र माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा) लाई उपराष्ट्रपति दिने सहमति गरेपछि जनमतले उपप्रधानसहित २ मन्त्रालय आफूहरुले पाउनुपर्ने माग राखेको थियो । पछिल्ला छलफलहरुमा प्रदेश २ को मुख्यमन्त्री र केन्द्रमा उद्योग मन्त्रालय पाउनुपर्ने जनमतको माग थियो ।

त्यसमा सकारात्मक देखिएका प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग मन्त्रालय कांग्रेसलाई दिएपछि खानेपानी मन्त्री खानले राजीनामा दिएका हुन् । कांग्रेसले रमेश रिजाललाई उद्योगमन्त्री बनाउने भएको छ ।