आईओसीले पेट्राेलियम पदार्थकाे मुल्य घटायाे

-



     सफल आवाज    
     चैत्र १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ चैत । आईओसीले पेट्राेलियम पदार्थकाे मुल्य घटाएकाे छ । भारतबाट लिटरमा १ रुपैयाँ ७४ पैसाले पेट्रोलको मूल्य घटेकाे हाे ।

भारतीय आयल निगम (आईओसी) ले डिजेलमा समेत ६ रुपैयाँ ८२ पैसा प्रतिलिटर मूल्य घटाएर पठाएको छ हाल बजारमा पेट्रोलको खुला बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेलको १७५ रुपैयाँ कायम छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि सो अनुपातमा स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर १५ रुपैयाँ नाफा रहेको छ ।

आईओसीले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गर्दछ ।