वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल समुहको टीम घोषणा आज

-



     सफल आवाज    
     चैत्र २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० चैत । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहले आज (सोमबार) आफ्नो टीम घोषणा गर्ने भएका छन् ।

आज दिउँसो ३ बजे हेरिटेज गार्डेन सानेपाबाट आफ्नो टीमको उम्मेदवारी घोषणा गर्न लागेको हो । सो समुहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् ।

बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल रहेका छन् भने एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य रहेका छन् । उक्त समुहले सोमबार पदाधिकारीको मात्रै टीम घोषणा गर्ने भएको छ ।

हाल जिल्ला तथा नगर, वस्तुगत र एसोएिट्स सबै समुहको सदस्यको समेत उम्मेदवार टुङ्गो लगाईसकेको सो समुहले मनोनयम दर्ता पछि मात्रै सदस्यहरु समितको टीम घोषणा गर्ने भएको छ ।

महासंघको विधान अनुसार जिल्ला नगरबाट ३३ जना, एसोसिएट्सबाट १९ र वस्तुगतबाट १४ जना सदस्य चुनिनेछन् ।