उद्योग वाणिज्य महासंघमा १०१ जनाको उम्मेदवारी

-



     सफल आवाज    
     चैत्र २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ चैत । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि १०१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

१ जना वरिष्ठ उपाध्यक्ष र ३ उपाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएको महासंघको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत लीलामणि पोखरेलले जानकारी दिए।

उनका अनुसार वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठको उम्मेदवारी परेको छ। जिल्लानगरका अरुण सुमार्गी, सुरकृष्ण वैद्य र दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन्।

यस्तै वस्तुगततर्फ मनिषलाल प्रधान र सकुन्तलाल हिराचनको उम्मेदवारी परेको छ। एसोसिएटतर्फ भने ज्योत्सना श्रेष्ठ र भरत आचार्यको उम्मेदवारी परेको छ।

महासंघको विधानअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्षहरु निर्वाचीत हुनेछन्। कोषाध्यक्ष भने सिंगो कार्यसमितिबाट निर्वाचित हुनेछन्।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार सदस्यमा ९० जनाको उम्मेदवारी परेको छ। जिल्लानगरका लागि १८ केन्द्रीय सदस्य चाहिनेमा ३२ जना, एसोसिएटमा १९ जनाका लागि ३० र वस्तुगतमा १४ का लागि २८ जनाको उम्मेदवारी परेको छ।