
काठमाडौं, २२ चैत । नेपालका धनी तथा सांसद् विनोद चौधरी विश्वकै १६४७ औं धनी व्यक्ति बनेका छन्। फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्यांकिङ अनुसार चौधरीसँग कूल १.८ अर्ब डलर सम्पत्ति रहेको छ।
उनी सन् २०२२ मा १९२९ औं स्थानमा थिए। १ वर्षको अवधिमा चौधरीको सम्पत्तिसमेत ३० करोड डलरले वृद्धि भएको छ। म्यागेजिनका अनुसार गत वर्ष उनको सम्पत्ति १.५ अर्ब डलर रहेको थियो।
चौधरी अन्तर्गत सीजी ग्रुप ग्लोबल रहेको छ। उनीसँग भएका नबिल बैंक, सीजी फुड्सबाट उत्पादित वाईवाई चाउचाउ चर्चित छन्। वाईवाई नेपालबाहेक भारत, सर्विया र बंगालादेशमा उत्पादन भइरहेको छ भने इजिप्टमा उत्पादनको तयारीमा छ।
यसैगरी सीजीका विश्वका विभिन्न देशमा होटल पनि रहेका छन्।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




